बझाङ – बझाङमा २ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन् । बित्थडचिर गाउँपालिका–५, धामीगाउँ चिल्लापानीमा ३५ वर्षीय किशन धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घरबाट हराएका धामी घर नजिकै भीरमा खसेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले बताए ।

उनको शव परीक्षणमा लागि जिल्ला अस्पतालमा राखिएको छ । मृत्युको कारण भने नखुलेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















