धनगढी – कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्।

आइतबार धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानबाट धनगढी उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई पक्राउ परेका छ । उनीहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै आइतबार नै टीकापुर नगरपालिका–४ बाघमारा स्थित सडक खण्डबाट २३ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय बिश्राम चौधरी पक्राउ परेका छन । उनीहरुको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ चारै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



















