खाेज्नुहाेस

गाउँ देखि विश्वविधालय सम्मको यात्रा

Image

अर्जुन जंग रायमाझी – आज धेरै समय पछी सुस्ताएको कलम चलाउने प्रयास गरेको छु । धेरै समय पश्चात आदरणीय गुरु लोकनाथ खरेल संग सात्क्षात्कार भयो र उहा संगको छोटो भेटघाटमा प्रसंगबस मेरो जीवन एक शैक्षिक जीवनको संघर्षपूर्ण कथा लेखु झैँ लाग्यो ।

मेरो जन्म थलो हाल कावासोती नगरपालिका वडा न.-१७ पर्ने स्थानमा, एक साधारण किसानको परिवारमा जन्मिएको हुँ। मेरो परिवारको आर्थिक अवस्था र शैक्षिक अवस्था निकै कमजोर थियो । हाम्रो जीवन अति सरल, तर जीवनका संघर्षपूर्ण कथाले भरिएको थियो। मलाई आज पनि ती दिनहरु,समय,गतिविधि गरेका दिनहरु झलझली आँखा ओरिपरी घुमिरहन्छ ।

attariya hospital

अध्ययन को कुरा गर्दा, एउटा सानो खरको छानो र झुपुड़ीबाट शुरु भएको मेरो औपचारिक शिक्षा जहाँ शिशु कक्षा देखि पाच कक्षा सम्म थियो| मेरो विधालय मेरो लागि एउटा समुदाय जस्तै थियो जहाँ माथिल्लो कक्षाका दाईदिदीहरु आएर हामीलाई पढाउने गर्नु हुन्थ्यो । आनौपचारिक शिक्षा घरबाट हुन् सकेन किनकी मेरो परिवारमा बुवा आमा पढे लेखेको कोहि नि हुनु हुनुहुन्थेन । पढ्ने वातावरणभन्दा न एउटा किसानको परिवारलाई कामको ठुलो महत्व राख्दो रहेछ ।

भनिन्छ नि खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ मैले खै कसरी पढ्ने मन सानै देखि थियो । पढ्न भने सी मैले सबै कुरा छोडेर लाग्ने गर्थे । समाजमा १/२ जना बाहेक अरु पढेका व्यक्तिहरु हुनु हुन्थेन । ति पढे लेखेका ले अलि फरक व्यवहार गर्दा सारै नमज्जा लाग्ने गर्थ्यो । मैले जति सिक्नु पर्थ्यो त्यति सिक्न पाइन् मेरो प्राथमिक तहमा, कारण थियो हाम्रो सामुदायिक विधालयको रोग । सर र मेमहरु जाडोमा घाम तापेर र गर्मीमा बिदा दिएर शैक्षिक सत्र बित्ने गर्थ्यो । यस्तो गरेको कसैलाई चासो हुन्थेन ।  कुनै सम्बन्धित निकायबाट निरीक्षण, अनुगमन कहिले नि भएको थाहा पाएन । आज सम्झदा कठै बारे मेरो विधालय जीवन, अबोध , बिना सिकाई बिताए ।

मेरो घरमा ४ जना दाजुभाई, दिदीबहिनीहरू मध्य घरको सबै भन्दा कान्छो छोरो हु । मेरो बाबु अत्यन्तै सरल र आस्थावान हुनु हुन्थ्यो। बाबु, आमा निरक्षर हुनुहुन्थ्यो । मैले सानोमा बुवालाई सोध्ने गर्थे बुवा हजुरले कति पढ्नु भएको हुनु हुन्छ ? बुवाले लामो शास तान्दै, भन्नु भयो, “ मैले आफनो नाम लेख्न्न जति पढेको छु भन्नु भयो”  मैले सोचे पढाई यति मात्रै हुन्छ र ? बुवाले आफुले गरेको संघर्ष जीवनको कथा सुनाउन लाग्नु भयो र त्यो सुन्दा सुन्दै म भित्र खै के आयो म आफैलाई थाहा भएन । म त्यहाँ बाट उठेर कोठा तिर गए ।  मलाई अझै पनि ति दिनहरु याद आउदछ । मैले शिक्षा ले के हुन्छ , शिक्षा नहुदा के हुन्छ भन्ने कुराहरु राम्रो संग बुझेको थिए । किन कि मेरो परिवारमा सबै भन्दा धेरै पढ्ने मा नै म पहिलो सदस्य थिए । म यस्तो समयमा जन्म भएको थियो जहाँ घर, छिमेक, समुदाय कहिँ कतै शिक्षाको महत्व नबुझेका मात्र थिए । पढ्नु पर्छ भने कहिले पनि मलाई कतै बाट आएन । यति हुदा हुदै आज यो स्थान सम्म आइपुग्दा पक्कै पनि खाने मुखलाई जुंगाले छेक्दैन भने झैँ मनमा दृढ इच्छा भएमा, उदेश्य भएमा जीवनमा सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो जीवनमा लागु भए झैँ लाग्ग्छ । जीवनको अर्को नाम संघर्ष हो । हुन् त यसको बुझाइ फरक फरक छ वा हुन्छ । यसलाई कुन रुपमा कसरी लिएका हुन्छन उसले बुझ्ने र भोग्ने कुरामा निर्भर गर्दछ ।हाम्रो घरमा शिक्षा प्राप्त गर्नुको कुनै महत्व थिएन। किताबहरू थिएन, शिक्षा सम्बन्धी कुनै प्रवृत्ति थिएन। घरमा कुरा चल्दा हामीलाई पठनपाठनको बारेमा खासै भनाइ हुन्थेन। हामीलाई अन्न जुटाउनको लागि काम गर्नुपर्ने थियो, शिक्षा भनेको त्यो बेला मात्र एक सपना जस्तो लाग्थ्यो।

navjiwan hospital

कसैले पनि पढाइलाई गम्भीरतापूर्वक लिने अवस्था थिएन। बचपनमा मेरो मनमा सबै कुरा एकै साथ खेल्दै थियो, तर म आफैंलाई सधैं सोध्थे कि के म यहाँ बस्नका लागि जन्मेको हुँ, कि अरू केही गर्न सक्दछु? र, यही प्रश्नले मलाई मेरो जीवनको उद्देश्य खोज्न प्रेरित गर्‍यो। मैले फैसला गरेँ कि म यो संकुचित संसारको सीमिततालाई पार गर्नेछु र मेरो जीवनलाई नयाँ दिशा दिनेछु। मेरो सपना थियो–शिक्षा पाउनु।

शिक्षा प्राप्त गर्नका लागि मैले कुनै विशेष अवसरको पर्खाइ गरेन। मेरो जीवनको पहिलो संघर्ष भनेको आफैंलाई शिक्षित बनाउनु थियो। मलाई थाहा थियो कि मेरो पारिवारिक अवस्था कारणले गर्दा कुनै विद्यालयमा जाने सुविधा थिएन। त्यसैले मैले आफैंले अध्ययन गर्न थालें। जहाँसम्म सके, म विभिन्न किताबहरू खोजेर पढ्न थाले। सबैभन्दा पहिला मैले सामान्य पाठ्यक्रमको आधारभूत ज्ञान प्राप्त गर्नका लागि बिभिन्न स्रोतहरूबाट अध्ययन गर्न थाले।

मैले आफ्नो संघर्षलाई कहिल्यै पछि फ्याँकेको छैन। मैले विभिन्न यस्ता अवसरहरू खोजें जहाँबाट म शैक्षिक ज्ञान प्राप्त गर्न सक्छु। कसैले मलाई सकेसम्म मद्दत गर्ने पनि प्रयास गरेन, तर मेरो इच्छाशक्ति र संघर्षले मलाई अझ बढी बलियो बनायो। समय बित्दै जाँदा, मैले आफैंलाई शिक्षित बनाउनको लागि अनेक प्रकारका विधिहरू खोजें। आफ्नो अध्ययनलाई निरन्तरता दिँदै, मैले अंग्रेजीको अध्ययनमा गहिरो ध्यान केन्द्रित गरें।

समयको साथ मेरो अध्ययनको स्तर पनि बढ्दै गयो। मैले गहिरो रूपमा शिक्षा हासिल गर्दै गएँ र अन्ततः दर्शनाचार्य सम्मको अध्ययन अंग्रेजीमा गरें। यद्यपि मेरो परिवारको शैक्षिक पृष्ठभूमि केही छैन, मैले आफूलाई यो चुनौती स्वीकार गरेर माथि उठाउने निर्णय गरेँ। मेरो संघर्षको दिनको कुरा सम्झँदा आज पनि आँखा भरिन्छ। मैले धेरै कष्ट भोगे, तर कुनै दिन पनि मैले आफ्नो सपना पुरा नगर्ने भन्ने विचार भने मनमा आएको थिएन। आज मैले यो सिंगो जिल्लमा मै उक्त तह सम्म अध्ययन गर्ने अंग्रेजीमा विषय एकदमै नगन्य रहेका छन् | रास्ट्रीय, विश्व स्तरको सभा , समेल्लनमा गएर भाग लुनु , अनुसन्धान को नया ज्ञान सुनाउनु यो कुनै सानो कुरा होइन् जस्तो लाग्छ | यधपी मलाई के लाग्छ भने जीवन सिकाई हो र सिकाई कहिले सकिदैन भन्ने कुरा मलाइ धेरै कुरा सिकाएको छ |

आज मैले जहाँ पुगें, त्यहाँ पुग्नको लागि मैले निकै संघर्ष गरें। मैले हरेक पाइलामा कठिनाइ र बाधाहरूलाई सामना गरें र यो सबै मेरो मेहनतले मलाई यस स्थानमा पुर्याएको हो । जब म आज आफ्ना विद्यार्थीहरूलाई शिक्षा दिन्छु, तब मलाई महशुस हुन्छ कि शिक्षा एक मात्र यस्तो शक्ति र हतियार हो जसले व्यक्तिलाई आफ्नो भविष्य निर्माण गर्न मद्दत गर्दछ। मेरा दाजुभाई, बाबु आमा, र परिवारका सबै सदस्यहरूले मलाई सधैं प्रोत्साहन दिएका छन् र मैले सफलताको यो क्षणमा उनीहरूको योगदानलाई सम्झिन्छु।आज उहाहरुले शिक्षाको महत्व बुझ्नु भाको छ र जीवनमा शिक्षा किन चाहिन्छ ?

मैले मेरो जीवनमा एक सत्य बुझाई ,शिक्षा कुनै पनि स्थिति र परिस्थितिका आधारमा हासिल गर्न सकिन्छ। कठिनाइहरूको सामना गर्दै, संघर्ष गर्दै, र आफूमा आत्मविश्वास राख्दै हामी कुनै पनि लक्ष्य हासिल गर्न सक्छौं। आज मेरो यो सफलता र विजय केवल मेरो व्यक्तिगत मेहनतको फल होइन् यसमा परिवारको आशीर्वाद र समाजका साथीसँगको सानो सहयोग,सुझाब , सल्लाहहरुको पनि योगदान छ।

✍️ अर्जुन जंग रायमाझी
M.Phil., काठमान्डौ विश्वविधालय
शिक्षक, शिव माध्यमिक विधालय