अत्तरिया– कैलालीको अत्तरिया बजार सरफाई गरिएको छ । दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार विद्यालय परिषरदेखी अत्तरिया बजार सरसफाई गरेका हुन ।
शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालय परिषरबाट सुरु गरेर बजार सरसफाई गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका अध्यक्ष हरिदत्त भट्टराईले विद्यालयको शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत रहेर बजार सरसफाई गरिएको बताए ।


उनले हाम्रो क्षेत्र हामी आफै सफा बनाउँछौ भन्ने ध्येयका साथ कक्षा ११ र १२ का विद्यार्थीहरुले बजार सरसफाई गरेको बताए । उनले विद्यार्थीहरुको सरसफाई कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुगेको बताउदै समाजमा सरसफाईको महत्व र आवश्यकता दर्शाउनका लागि पनि यस्ता कार्यक्रम आवश्यक भएको बताए ।
विद्यालयका प्रधानाध्यापक विर सिंह महताले विद्यालयले सामाजिक उत्तरदायित्वका लागि सररफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गरिने बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थी र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरू मात्रै नभई शिक्षक, प्रहरी, नगर प्रहरी तथा गोदावरी नगरपालिकाको समेत सहकार्य रहेको थियो । नगरपालिकाले अभियानका लागि आवश्यक सरसफाई सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।




















