खाेज्नुहाेस

नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

Image

काठमाडौँ –  नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार हङकङलाई १ सय १९ रनले पराजित गर्‍यो ।

navjiwan hospital

टस जितेर ब्याटिङ रोजेको नेपालले हङकङ अजमानस्थित सेभेन ड्रिस्ट्रिक मैदान २ मा निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो । जवाफमा आएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

attariya hospital

नेपाल यस खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने छ । समूह ‘डी’ को विजेता बन्नेक्रममा मलेसियाले सिंगापुर, थाइल्यान्ड र इरानलाई हराएको थियो । अर्को सेमिफाइनल यूएई र ओमानबीच हुनेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।