घोडाघोडी – थारू समुदायको पराम्परागत रूपमा मानिँदै आएको लवाङ्गी पूजामा ८३३ वटा पशु बलि गरिएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरुको ठुलो कुल मन्दिरको रूपमा रहेको घोरीघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो ।

मंगलबार घोडाघोडीमा बिहानैदेखि बलि दिनेहरूको लाम लागेको थियो । हरेक वर्ष सीता विवाह पञ्चमी तीथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजामा पशु बलि चढाइन्छ ।

रातभर जाग्राम बसेर सीता विवाहपञ्चमीको बिहान मुख्य गुरुवा ९धामी० ले घोरीघोरा देउथलमा बङ्गुर, बोका र कुखुराको बलि दिइएको छ । मुख्य धामी अथवा पूजारीलाई बेसाहुर गुरुवा भन्ने गरिन्छ । जसले लवाङ्गी पूजाको मुख्य अगुवाइ गर्छन ।


















