अत्तरिया – कैलालीमा प्रहरीले सञ्चालन गरेको सर्च तथा स्वीप अपरेसनबाट एक सातामै १४९ जना पक्राउ परेका छन् । प्रहरीले जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका १४९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई मंसिर १ गते देखि ७ गते सम्मको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राज कुमार सिंहले बताए ।

जसमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट ६८ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट २५ जना, इलाका प्रहरी कार्यालय टीकापुरबाट २२ जना, इलाका प्रहरी कार्यालय भजनीबाट १० जना, इलाका प्रहरी कार्यालय सुखडबाट ९ जना, इलाका प्रहरी कार्यालय सडकपुरबाट ७ जना, इलाका प्रहरी कार्यालय लम्कीबाट ६ जना र इलाका प्रहरी कार्यालय चिसापानीबाट २ जना रहेका छन् ।


















