धनगढी – कैलालीको धनगढीमा हेफर इन्टरनेशनल नेपाल कार्यक्रमको पुनरावलोकन सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाको प्रमुख आतिथ्ययतामा परामर्श बैठक सम्पन्न भएको हो ।
बैठकमा हेफरको नयाँ कार्यक्रम स्थानीय तह, प्रदेश सरकारको भूमिका लगायत आगामी योजनाको ढाँचाका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले हेफर हाल सुदूरपश्चिमका २ जिल्लाका ५ पालिकामा मात्रै सीमित भएकाले यसको क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले प्रदेशका सबै जिल्लाका पालिकामा कार्यक्रम समेट्न सकेमा प्रदेशबाट पनि काम गर्न सहज हुने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले अव कृषिको विकास गर्नका लागि उत्पादन मात्रै नभएर बजारीकरणमा जोड दिनुपर्ने बताए । उनले अहिलेको समयमा मार्केट क्रेट भएमा उत्पादन आफै बढ्ने बताए । उनले उत्पादनलाई बजारीकरण गर्न बस्तु उत्पादनमा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकारले अहिले बस्तुको उत्पादन सँगै लेबलीङमा जोड दिइरहेको बताए ।
सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सबै काम सरकारले गर्न नसक्ने भएकाले यसका लागि विकास साझेदार संस्था आवश्यक पर्ने बताए । उनले त्यसका लागि सरकारले आफ्नो मुख्य योजना बनाएर त्यसको कार्यान्वयनका लागि ठोस योजना बनाउन आवश्यक रहेको बताए । उनले साझेदार संस्थाको कार्यक्रम सरकारको पोलिसिलाई छुने गरी काम गरिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य शेर बहादुर भण्डारीले गैरसरकारी संस्था सधैँ नरहने भएकाले यसले एक मोडेल मात्रै छोड्ने बताए । उनले प्रदेशका सबै जिल्लामा मोडेलका रूपमा यो कार्यक्रम सञ्चालन भएमा काम गर्न सहज हुने बताए । उनले कार्यक्रमको उपलब्धि पनि देखाउन सकेमा कार्यक्रम प्रभावकारी हुने बताए ।
उनले अहिले कृषि उत्पादन गर्न भन्दा पनि बजारीकरणमा समस्या भएको बताए । उनले हेफरले अब उत्पादन सँगै बजारीकरणमा काम गर्नुपर्ने बताए ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण बहादुर कुँवरले हेफरका कार्यक्रम सुदूरपश्चिमका न्यून क्षेत्रमा मात्रै कार्यान्वयनमा आएको बताउँदै यसलाई अझ विस्तार गर्नुपर्ने बताए । उनले यसलाई नौ जिल्लामा विस्तार गर्न सके प्रभावकारी हुने बताए । उनले कतिपय पालिकामा रैथाने बालीको बिउ हराइरहेकाले त्यसको संरक्षणमा पनि काम गर्नुपर्ने बताए ।
हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालकी निर्देशक सविना प्रधानले आगामी दिनमा दिगो पन हुने गरी साना किसानलाई समेट्ने गरी कार्यक्रम गर्ने बताइन । उनले हेफर सबै नरहने भएकाले स्थानीय सरकार सँग समन्वयन गरेर काम गर्ने बताइन् । उनले प्रदेश स्तरीय संवादले हेफरको नयाँ कार्यक्रम बनाउन सहज भएको बताइन् ।
निड्स नेपालका विनोद सिंह कडाराले सञ्चालन गरेको कार्यक्रममा हेफरकी निर्देशक सविना प्रधान, अधिकृत प्रदिप शर्मा, कृषि विकास निर्देशनालय डोटीका निर्देशक टेकेन्द्र कुश्मी प्रस्तुतीकरण राखेका थिए ।



















