खाेज्नुहाेस

धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image

अत्तरिया – भारत स्थित घौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै असोज ११ गते राती १२ बजे देखि असोज १२ गते बिहान १० बजे सम्म बाँध खोलिन लागेको जनाएको छ ।

navjiwan hospital

सूचनामा लगभग ३४ घण्टासम्म सिल्ड सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनी एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार भएको उल्लेख छ ।

attariya hospital

सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर रोकायाद्वारा हस्ताक्षरित पत्रमा बाँध खोलिएको र तत पश्चात् समेत महाकाली नदीमा जल स्तर बढ्न सक्ने सम्भावना भएकाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ ।