खाेज्नुहाेस

धनगढी उपमहानगरपालिकाले भन्यो ‘जोखिम विश्लेषण गरेर विद्यालय बन्द गर्नु’

Image

अत्तरिया – धनगढी उपमहानगरपालिकाले जोखिम विश्लेषण गरेर विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

सूचनामा असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षदिखि अति भारी वर्षा पूर्वानुमान भएको सन्दर्भमा यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुने जोखिम रहने हुँदा यस उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले जोखिमको विश्लेषण गरी आवश्यकताअनुसार विद्यालयले दिन पाउने उल्लेख छ ।

attariya hospital
navjiwan hospital

शाखा अधिकृत घुम्मन सिंह बडायकद्धारा जारी सूचनामा स्थानीय बिदाबाट कट्टी हुने गरी विद्यालय बिदा गर्नु गराउन भनिएको छ । साथै अभिभावकज्यूहरूले आफ्ना नानीबाबुहरूलाई नदी, खोला, पोखरी, डुबान क्षेत्र, नदी कटान क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा जान पनि आग्रह गरिएको छ ।

असोज ९, १० र ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेको कुरालाई मध्यनजर गरेर कैलालीका धेरै जसो स्थानीय तहहरूले भने असोज ९ गते बिदा दिएका छन् ।