बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हिमाली गाउँपालिकालाई ‘भेडा हब’ बनाउने घोषणा गरेका छ्न ।
आइतबार हिमाली गाउँपालिकामा आयोजित स्वागत तथा समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले बाजुराको हिमाली क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेको बताउदैँ भेडापालनको उच्च सम्भावना रहेको यस क्षेत्रलाई ‘भेडा हब’ (Sheep Hub) को रूपमा विकास गर्ने योजना रहेको बताए ।


उनले त्यसका लागि आवश्यक प्राविधिक तथा संरचनागत तयारी अघि बढाइने जानकारी दिए ।
यसबाहेक, हिमाली क्षेत्रमा पाइने औषधीय जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने दिशामा प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले अनुसार जडीबुटी संकलन, प्रशोधन र मूल्यवृद्धि गर्ने आधार संरचना विकास गरिने बताए ।
मुख्यमन्त्री शाहले यहाँको शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा देखिएको चुनौतीलाई प्राथमिकताका साथ समाधान गरिने उल्लेख गर्दै लिफ्टिङ् प्रविधिमार्फत दुर्गम बस्तीसम्म सुरक्षित पानी पुर्याउन प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए ।
कार्यक्रममा उपस्थित स्थानीयहरूले मुख्यमन्त्रीको भनाइप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै विकासका प्रत्यक्ष प्रभाव देखिने अपेक्षा राखेका छन्।


















