खाेज्नुहाेस

घोडाघोडीबाट ८ ग्राम खैरो हेरोइन औषध सहित कारोबारी पक्राउ

Image
file photo

अत्तरिया – कैलालीको घोडाघोडीबाट प्रहरीले लागू औषध खैरो हेरोइन कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

मंगलबार साँझ घोडाघोडी नगरपालिका – ६ झलझलिया स्थित जङ्गलमा लागू औषध खैरो हेरोइन कारोबार तथा सेवन गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बछुरिया ३० वर्षीय भीम बहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापालाई पक्राउ गरेको हो ।

attariya hospital

लागू औषध खैरो हेरोइन सेवन गर्दै बसिरहेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको र भीम बहादुर दमाईको घरमा थप ५ ग्राम २५० मिलिग्राम गरी जम्मा ८ ग्राम ३९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।