खाेज्नुहाेस

दार्चुलाको जंगलमा २ थान एक नाले भरुवा बन्दुक फेला

Image
file photo
navjiwan hospital

अत्तरिया– दार्चुलामा बेवारिसे अवस्थामा २ थान एक नाले बन्दुक फेला परेका छन् । सोमबार करिब साढे ४ बजेतिर जिल्लाको अपिहिमाल गाउँपालिका– १ खायाकोटस्थित जंगलमा प्रहरीले २ थान एक नाले भरुवा बन्दुक फेला पारेको हो ।

जंगलमा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरी दार्चुलाबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

attariya hospital