
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्स एचडीबाट पनि प्रसारण हुने भएको छ। नेपालभित्र अब स्टार स्पोर्ट्ससँगै कान्तिपुर म्याक्स एचडीबाट पनि एनपिएलका खेलहरु हेर्न सकिने छ।
ओटिटी प्लेटफर्ममा भने डिशहोम गोबाट एनपिएल हेर्न सकिन्छ। एनपिएलको दोस्रो सिजन भोलि सोमबारदेखि सुरु हुँदै छ।



















