अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन् । शनिवार धनगढी उपमहानगरपालिका – ८ बुद्ध चोकबाट बर्दगोरीया गाउँपालिका – २ का १९ वर्षीय सुवास चौधरी सहित ५ जना पक्राउ परेका हुन ।
लागू औषध सेवन गरिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको थियो । बाँकी पक्राउ परेकाहरूको भने नाम खुलाइएको छैन ।
यसैबिच शनिवार नै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ९ माताटोलबाट ३० वर्षीय गणेश सुनार पक्राउ परेका छन् ।
उनको साथबाट ३.२२ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

















