
अत्तरिया- कैलालिबाट ४ वटा मोटरसाइकल सहित ९ जनालाइ प्रहरीले पक्राउ गरेको छ । शुक्रवार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २० ग्राम ६१० मिलि ग्राम लागुऔषध र ४ वटा मोटरसाइकल सहित ९ जनालाइ पक्राउ गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलमा डडेल्धुराको पर्शुराम न.पा- १० बस्ने ३५ वर्षिय गणेश बहादुर डाँगीले चलाएको म २ प ३१०७ नम्बरको मोटरसाइकल पछाडी सवार डोटीको जोरायल गाउँपालिका- २ बस्ने २० वर्षिय डम्मरी भण्डारी र जिल्ला डडेल्धुराकै आलीताल गाउपालिका- ३ बस्ने ३० वर्षिय डम्मर बोहराले चलाएको से ७ प ५५२४ नम्बरको मोटरसाइकल लाई शंका लागि चेकजाच गरेको थियो । चेकजाँच का क्रममा उनिहरुका साथबाट ९ ग्राम २९० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालिले जनाएको छ । प्रहरीले २ वटा मोटरसाइकल सहित तिनै जनालाइ नियन्त्रण मा लिएको जनाएको छ ।
त्यस्तै जिल्लाकै भजनी नगरपालिका- ३ कुसुमघाटबाट लम्की-चुहा नगरपालिका- १ थकालीपुर बस्ने१९ वर्षिय रिजन मगरले चलाएको सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकल र पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षिय आकाश चौधरीलाई शंका लागि चेकजाँच गर्दा लागू औषध बरामद गरेको प्रहरीले बताएको छ ।
उनिहरुको साथबाट चालकले लगाएको हेलमेटमा लुकाई-छिपाई राखेको अवस्थामा ५ ग्राम ४२० मिलिग्राम लागुऔषध बरामद गरेको र मोटरसाइकल सहित दुबै जनालाइ नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय कैलालिले जनाएको छ ।
त्यतिमात्रै नभइ प्रहरीले शुक्रबार गोदावरी नगरपालिका- ५ गेटाबाट सोही ठाउँ बस्ने २० वर्षिय बिजय बिष्टले चलाएको से ६ प ७५९४ नं. को मोटरसाइकल र पछाडी सवार सोही पालिकाको वडा नम्बर १ बिजौरा बस्ने २५ वर्षिय राज चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम ७५० मिलिग्राम लागुऔषध बरामद गरी मोटरसाइकल सहित दुवै जनालाइ पक्राउ गरेको जनाएको छ ।
यस्तै लम्की चुहा नगरपालिका- ६ पिपरकोटी बस्ने २९ वर्षिय कमल जैसी र सोही ठाउँका २६ वर्षिय लक्ष्मण बोहरालाई नगरपालिकाकै वडा नम्बर ६ बागमारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार उनिहरुका साथबाट १५० मिलिग्राम लागुऔषध बरामद गरिएको थियो। पक्राउ गरिएका ब्यक्तिहरुलाई कारवाहीका लागि हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य कार्य भईरहेको प्रहरीले जनाएको छ ।


















