खाेज्नुहाेस

गोदावरीका शेरबहादुरका आफन्त पुगे मानवअधिकार आयोग 

Image
अत्तरिया – प्रहरी प्रशासन र अदालतबाट न्याय नपाएको भन्दै कैलालीको गोदावरी नगरपालिका– १० खमौराका शेरबहादुर चौधरीका आफन्त मानव अधिकार आयोगमा पुगेका छन् । शुक्रवार हत्या आरोपित एक जनालाई जिल्ला अदालत कैलालीले तारेखमा छाडिएपछि न्यायका लागि शेरबहादुरका आफन्त राष्ट्रिय मानवअधिकार आयोग धनगढीमा पुगेका हुन ।
attariya hospital
शेरबहादुर चौधरीलाई असोज २३ गते राति स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले लखेटेर मारेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए। तर घटनामा संलग्न भनिएका विकास मल्ललाई अदालतले साधारण तारेखमा छोडेपछि अहिले शेर बहादुरका आफन्त न्यायको लागि हारगुहार गर्दै छन् ।
शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबुराम चौधरीले सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा गर्दा गर्ने आश्वासन दिए पनि हत्यामा संलग्नले कानुनी कारबाही पाउनुपर्ने माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयमा निवेदन दिएको बताए ।
navjiwan hospital
ज्ञापन पत्र बुझ्दै प्रादेशिक कार्यालयका निमित्त प्रमुख झंकरबहादुर रावलले घटनाको अनुसन्धान बारे बुझ्ने आश्वासन दिएका थिए ।
लक्की र विकास मल्लले असोज २३ गते राति घरको ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट शेरबहादुर भागेका थिए। उनको असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो। उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो। त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए।
अदालतले लक्कीलाई पुर्वपक्षका लागि थुनामा पठाएपनि विकासलाई साधारण तारेखमा छोडेको थियो ।