काठमाण्डौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेर २ लाख ५० हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।



















