बाजुरा – बाजुरामा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ७५८ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षमा १७ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको थियो । यो आर्थिक वर्ष त्यसमा वृद्धि भएर १८ हजार २५८ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षभन्दा यो वर्षमा ७५८ मेट्रिक टनले बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । विगत ती दुइ वर्ष यताको तुलना गर्दा यो आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने १.९ मे टन–हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताए ।


















