खाेज्नुहाेस

अत्तरियामा वर्षौँदेखि खुला छोडिएका सडक नालामा ढक्कन राख्न थालियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा वर्षौँ पहिले देखि खुला छोडिएका सडक नालामा ढक्कन राख्न थालिएको छ । गोदावरी नगरपालिका सँगको समन्वयनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले नालीमाथि ढक्कन लगाउन सुरु गरेको हो ।

जसअन्तर्गत सोमबार अत्तरियाको महेन्द्रनगर रोड स्थित सडकमा नाला माथि ढक्कन राख्न सुरु गरिएको छ । केही ठाउँमा नाला फुटेकाले मर्मतको काम पनि भइरहेको छ ।

attariya hospital
navjiwan hospital

नालामाथि ढक्कन राख्नको लागि यसअघि गोदावरी नगरपालिकाले नाला सरसफाइ गरेको थियो । नालामा ढक्कन राख्नका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले लटिनाथ कन्स्ट्रक्सनसँग २३ लाखमा ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २ महिना भित्र काम सक्नुपर्ने छ ।

महेन्द्रनगर रोडमा नाला माथि ढक्कन राख्न लागिएको भए पनि अत्तरिया चोकदेखि पहाड रोड र पूर्व रोडमा भने नालामा भरिएको पानी नै निकास हुन सकेको छैन । सो क्षेत्रमा नाला पनि पुरै फुटेर ढल भरिएको छ ।