खाेज्नुहाेस

शान्ति पुर्नस्थापना गृह कञ्चनपुरद्धारा २ सय ४६ जना महिलातथा बालबालिकाको उद्धार

Image

कञ्चनपुर – शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।

शान्ति पुनस्र्थापना गृह कञ्चनपुर शाखाका पर्यवेक्षक मनिसा न्यौपानेले विभिन्न स्थानबाट किशोरी तथा बालबालिकाहरूलाई उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको बताइन्

attariya hospital
navjiwan hospital

उनका अनुसार गड्चौकी नाकाबाट १७५ महिला तथा बालबालिका, उक्त नाका भएर भारत पसेका तीन महिला र लैङ्गिक हिंसामा परेका एक महिलाको उद्धार गरिएको थियो ।

यसैगरी, गत आर्थिक वर्षमा बह्मदेव क्षेत्रबाट १८ जना, दोधारा चाँदनीबाट २८ जना, बेलौरीबाट १४ जना र बेलडाँडी सीमानाका भएर भारत प्रवेश गराइरहेका सात जना महिला तथा बालिकाको उद्धार गरिएको पर्यवेक्षक न्यौपानेले बताइन् ।

महिला तथा बालबालिकालाई ललाइ फकाई भारतमा लगेर बेचबिखन गर्दैआएका विरुद्ध कानुनि कारबाही समेत अगाडि बढाइएको सो संस्थाले जनाएको छ । गत आर्थिक वर्षमा आठ जनामाथि महिला, किशोरी तथा बालबालिकालाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको पर्यवेक्षक अन्जु चौधरीले बताइन् ।