अत्तरिया – कैलालीबाट ३ लाख बढीको सामान बरामद गरिएको छ । शनिवार धनगढी उपमहानगरपालिका – ९ बङ्ग्राकटान र टीकापुर नगरपालिका – ७ मोहना नदीको किनारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ३ लाख १८ हजार बराबरका सामान बरामद गरिएका हुन ।



जस अन्तरगत सुर्ती, स्पिकर, मोबिल, फलामको रड, नट, STS Oil, म्याग्नेट स्पिकर लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।















