अत्तरिया – कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रवार बेलौरी नगरपालिका ६ खैरानाबाट बेदकोट नगरपालिका ६ सिसैयाका २७ वर्षीय विवेक चौधरी पक्राउ परेका हुन ।



उनको साथबाट ८६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

















