खाेज्नुहाेस

कैलालीमा १५ ग्राम खैरो हेरोइन सहित युवक पक्राउ

Image

धनगढी – कैलालीमा करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

उनका अनुसार रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

attariya technical collage