खाेज्नुहाेस

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

Image
कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडक खण्डमा शुक्रवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाको मृत्यु भएको हो ।
add everest academy
attariya hospital
navjiwan hospital
राना आफैँले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल भारत विहार निवासी अवधेशकुमार महतोले चलाएको मसला बनाउने आर्गो मिक्सचर मेसिनसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
attariya technical collage