अत्तरिया – कैलाली र डोटीबाट ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बिहीबार कैलालीको धनगढी, कैलारी र डोटीको जोरायलबाट ४ जना पक्राउ परेका हुन ।


जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १८ फुलबारीका ५३ वर्षीय कृष्ण प्रसाद शर्मा पक्राउ परेका छन् ।

त्यस्तै कुटपिट र लुटपाट मुद्दामा २ महिना कैद सजाय र २ हजार ६ सय जरिवाना तोकिएका कैलारी गाउँपालिका २ का ४४ वर्षीय गौरीशंकर चौधरी र कुटपिट र लुटपाट मुद्दामै १ महिना कैद सजाय र १ हजार ३ सय जरिवाना तोकिएका कैलारी गाउँपालिका २ कै २६ वर्षीय शंकर चौधरी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला अदालत हुम्लाले लिखत किर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र ४ हजार जरिवाना तोकेका डोटीको जोरायल गाउँपालिका – २ बुडरका ३८ वर्षीय सोनाम थापालाई पनि जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

















