खाेज्नुहाेस

अत्तरियामा मुख्य सडकका नाली सफा गरिँदै, ढक्कन राखिने

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारका मुख्य सडकका नालीहरू सफा गर्न थालेको छ । बुधवार देखि नगरपालिकाले अत्तरिया चोक, पूर्व रोड र महेन्द्रनगर रोडका नालीहरू सफा गर्न थालेको हो । सफा गर्ने क्रममा नाली जाम भएको अवस्था देखिएको नगरपालिकाका कर्मचारी परमल महराले बताए ।

उनले ४ महिना अघि नाली सफा गरिएको भए पनि पुनः नाली जाम हुने गरी व्यवसायीहरूले फोहोर फालेको बताए । ‘पानी जाम हुने गरी नालीमा फोहोर फालिएको छ’ उनले भने ‘४ महिना अघि सफा गर्दा पनि नालीबाट त्यत्तिकै मात्रामा फोहोर उठाएका थियौँ ।’ उनले अब नालीमाथि ढक्कन लाग्ने भएकाले पुनः सरसफाइ गर्न लागिएको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

नगरपालिकासँगको समन्वयमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले नालीमाथि ढक्कन लगाउनका लाग टेन्डर आह्वान गरेको छ । नालीमाथि ढक्कन लाग्ने भएपछि नगरपालिकाले नालीहरू सफा गर्न थालेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सी.डी.ई. राजेश कुमार यादवले अत्तरिया बजारका मुख्य सडकका नालीहरूमा ढक्कन लगाउनका लागि सम्झौता भैसकेको बताए ।

उनले २ महिनाभित्र काम सम्पन्न गर्ने गरी लटिनाथ कन्स्ट्रक्सनसँग २३ लाखमा सम्झौता गरिएको बताए । सो रकमले हाल नालीमाथि ढक्कन मात्रै लगाइने बताउँदै उनले बाँकीको कामकारबाहीका लागि पुनः ठेक्का आह्वान गरिने बताए । ‘अहिले नालीमाथि ढक्कन लगाउने काम मात्रै हुन्छ’ उनले भने ‘यो रकमले पुगेसम्म अहिले ढक्कन लाग्छन्, नपुगे अर्को टेन्डर खोलेको समयमा काम हुन्छ ।’

अत्तरिया चोकमा डुबान बढी हुने र पानी जाम हुने स्थानीयको गुनासो आएको बताउँदै उनले सो समस्याका लागि पनि बजेट माग गरिएको बताए । ‘अत्तरिया चोकमा पानी जाम हुने गुनासो आएको छ, त्यसका लागि ड्रेन बनाएर पूर्वतिर लगेर खसाल्ने कुरा छ’ उनले भने ‘त्यसका लागि बजेट माग गरेका छौ, सम्भवतः यो आर्थिक वर्ष भित्रै काम हुन्छ ।’

attariya technical collage

पानी निकास नहुँदा अत्तरिया चोकमा पानी जम्मा भएर फोहोर हुने समस्या रहेको छ । नालीमा ढक्कन नभएका कारण यस वर्ष वर्षायाममा २ बालबालिका नालीमा खसेका थिए । अत्तरिया चोक वरपर नालाको अवस्था जीर्ण बनेका कारण यस्ता समस्याहरू दोहोरिने गरेका छन् । नालामा भएका ढक्कन फुटेर ठाउँ ठाउँमा खाल्डा बनेका छन् । उक्त खाल्डा पानी परेपछि जलमग्न हुने गरेकाले दुर्घटनाको जोखिम हुने गरेको छ । सडक किनाराका नालाका ढक्कन नहुँदा बजार क्षेत्र कुरूप समेत बनेको थियो ।