खाेज्नुहाेस

लागू औषध सहित धनगढीबाट युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । बुधवार साँझ धनगढी उपमहानगरपालिका – ३ त्रिनगर ब्यारेल नजिकबाट बैतडी पाटन नगरपालिका – १ घर भई हाल कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियामा कोठा गरी बस्ने २४ वर्षीय नन्दराज भट्ट पक्राउ परेका हुन ।

उनको साथबाट ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

add everest academy
attariya hospital