खाेज्नुहाेस

शुक्लाफाँटाको सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्दै

Image

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेको छ । व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल केन्द्रले किसानहरुलाई सहुलियत दरमा वितरण गर्न थालेको हो ।

वडाध्यक्ष रमेश बहादुर ऐरले किसानहरुलाई प्रति ट्याक्टर ४ हजार ५०० का दरले प्रांगारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनले प्रांगारिक मलको फाईदाहरुका बारेमा किसानहरुलाई सचेतना दिने कार्य पनि भैरहेको बताए । ‘किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ’ उनले भने ‘रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।’

add everest academy
attariya hospital
navjiwan hospital

उनले सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताए । उनका अनुसार अहिले केन्द्रमा १५ देखि २० ट्याक्टर मल मौज्दात रहको छ । उनले पराल दिने किसानहरुलाई भने निःशुल्क मल वितरण गर्ने गरिएको बताए । ‘एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा निःशुल्क मल दिन्छौँ’ उनले भने ‘यसले पशुचौपायाका लागि परालको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई पराल खरिदमा लाग्ने खर्च पनि घटाएको छ ।’

वडाध्यक्ष ऐरले मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने बताउदै उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गरे ।

नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ ।

attariya technical collage