खाेज्नुहाेस

धनगढीमा आज देखि पुनः शनिवारिय महिला उद्यम मेला लाग्ने 

Image
धनगढी – धनगढी उपमहानगरपालिकाले आजदेखि पुनः शनिवारिय महिला उद्यम मेला सञ्चालन गर्दै छ । यसअघि धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनिवार लाग्ने गरेको महिला उद्यम मेला वर्षातकाे समयमा केही समय स्थगित भएकोमा आज देखि पुनः सञ्चालन गर्न लागिएको हो ।
attariya hospital
मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री र खानपानलाई बिक्री गरिँदै आएको छ ।
navjiwan hospital
महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ गत वर्षदेखि उपमहानगरले हरेक शनिवार महिला महिला उद्यम मेला सुरु गरेको थियो। तर खराब मौसमका कारण खुला स्थानमा लाग्ने उक्त उद्यम मेला गत चैत्र देखि रोकिएको थियो। वर्षा याममा मौसम बदली, हावाहुरी लाग्ने र बर्सात हुने भएकोले बिचमा केही  महिना रोकिएको मेला आज देखि पुनः सुरु हुन लागेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए।
धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि जेनजी मार्गमा शनिवार दिउँसो २ बजेदेखि मेला सुरु हुने जनाइएको छ ।  मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन गरिएको छ । मेलाका लागि उपमहानगरपालिकाले निःशुल्क स्टल उपलब्ध गराउँदै आएको छ ।