
अत्तरिया– कञ्चनपुर प्रहरीले ४ लाख बढीका अवैध भन्सार छलिका सामान बरामद गरेको छ । बिहिबार जिल्लाको भीमदत्त र बेलौरी नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले करिब ४ लाख ४६ हजार ३७७ रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको वडा नं. ४, ६ र १० को वडाएरियाबाट र बेलौरी नगरपालिका– ६ भुराकोटबाट अवैध सामानहरु बरामद गरिएको थियो । जसमा जुत्ता, मोटरसाईकलका पार्टपुर्जा, ब्रोइलर कुखुरा, किराना लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।


 
					 
 





 
 
 




 
 





