काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
अस्ट्रेलियाले दिएको विशाल ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो।



पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।
जवाफमा भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रन (१३४ बल) को उत्कृष्ट पारी खेलिन्।
रोड्रिग्सको शानदार प्रदर्शनको मद्दतले भारतले नौ बल बाँकी रहँदै लक्ष्य हासिल गर्यो। उनलाई नै यस उत्कृष्ट इन्निङका लागि प्लेयर अफ द म्याच घोषित गरियो।

अब उपाधीका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।
 
					 
 





 
 
 





 
 






