खाेज्नुहाेस

जाँचबुझ आयोगको टोलीद्धारा कञ्चनपुरमा अनुगमन

Image

कञ्चनपुर – भदौ २३ को आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित उच्च स्तरीय जाँचबुझ आयोगको टोलीले कञ्चनपुरमा आगजनी र तोडफोड भएका घरहरुको अनुगमन गरेको छ । टोलीले बिहीबार सरकारी कार्यालय र निजी घरहरुमा पुगेर अवस्थाबारे जानकारी लिएको हो ।

navjiwan hospital

आयोगका सदस्य विशेश्वर प्रसाद भण्डारीको नेतृत्वको टोलीले कृष्णपुर नगरपालिकासँगै तत्कालीन गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतको घरमा भएको आगजनी र तोडफोडको अवस्थाबारे प्रत्यक्ष अनुगमन गरेको हो । ‘आगजनी र तोडफोडको अवस्था हेर्दा सबै एउटै प्रकृतिको छ, त्यतिबेलाका भिडियो र फोटोहरु हेर्दा ट्रेण्ड पनि एकनासको छ,’ अनुगमनपछि आयोजित अन्तरक्रियामा बोल्दै आयोगका सदस्य भण्डारीले भने, ‘अहिले हामीहरुले देशभरि प्रतिनिधिमूलक रुपमा अनुगमन गरिरहेका छौं ।’

add everest academy
attariya hospital

सदस्य भण्डारीले तोडफोड र आगजनीमा संलग्नलाई कारवाही हुनुपर्ने माग जोडतोडले उठेको बताए । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अनुगमन सकेर टोली कञ्चनपुर पुगेको हो । शुक्रबार उक्त टोलीले कैलालीमा पनि अनुगमन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धीत समाचार : सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार