धनगढी – कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज प्रतियोगिता हुने भएको छ । धनगढीको चटकपुर स्पोट्स क्लबको आयोजनामा यहि कात्तिक २० गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज जोशीले जानकारी दिए । सहभागी हुने टोलीमा माया मेट्रो हस्पिटल रोयल्स, पद्मा पब्लिक मावि किङ्स, रोयल च्यालेन्जर्स एफवाइसी डडेलधुरा र किङ्स ११ इडुपल नेपाल रहेका छन् ।


चन्द्रसूर्य क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । कात्तिक २० गते हुने उद्घाटन खेलमा माया मेट्रो र पद्मा पब्लिक भिड्नेछन् । कात्तिक २१ गते एफवाइसी डडेलधुरा र इडुपल नेपाल, कात्तिक २२ गते माया मेट्रो र एफवाइसी डडेलधुरा, कात्तिक २३ गते पद्मा पब्लिक र इडुपल नेपाल, कात्तिक २४ गते माया मेट्रो र इडुपल नेपाल तथा कात्तिक २५ गते पद्मा पब्लिक र एफवाइसी डडेलधुरा खेल्नेछन् ।
शीर्ष दुई टोली कात्तिक २६ गते उपाधिका लागि भिड्नेछन् । विजेता र उपविजेता टोलीलाई आकर्षक ट्रफी तथा प्रमाणपत्र दिइनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलरले पाँच हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट ब्याटरले पाँच हजार ट्रफी तथा प्रमाणपत्र, प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई दुई हजार र ट्रफी दिइनेछ । प्रतियोगिताले महिला क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
















