खाेज्नुहाेस

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

Image

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उडेका छन्। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्।

navjiwan hospital

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकालेका थिए।

add everest academy
attariya hospital

बूढानीलकण्ठको घर जल्दा उनीहरूको राहदानी जलेको थियो। भदौ २४ गते प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवाको टाउकोमा १२ वटा टाँका लगाउनु परेको थियो।

भदौ २४ को घटनापछि देउवा एकैपटक असोज २९ गते पार्टी कार्यालयमा देखा परेका थिए ।