काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालाई २६२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेपछि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको छ ।



अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए । पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको पार्टनरसिप गरे । मुक्कामल्लाले ४२ रन बनाए ।
मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्को सहयोगमा ७० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

















