अत्तरिया – इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर धनगढी विमानस्थलबाट उनको गृह जिल्ला कञ्चनपुर लग्दै गर्दा अत्तरियामा श्रद्धाञ्जली अर्पण गरिएको छ । सोमबार शाझ धनगढी विमानस्थलमा पु¥याइएको विपिनको शव धनगढीको शव वाहन मार्फत कञ्चनपुरको भीमदत्तनगरपालिका लगिएको थियो । सो क्रममा अत्तरियामा केही युवाहरूले सडकमा उभिएर श्रद्धाञ्जली अर्पण गरेका हुन ।


सोमबार साँझ धनगढी विमानस्थल पुर्याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको थियो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका थिए । उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।