काठमाडौं – युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म सञ्चालन हुने यस महत्वपूर्ण प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली तयार पारिएको हो ।

टोलीमा उप–कप्तानको भूमिका दिपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन् । अनुभवी खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसीसँगै युवा प्रतिभाहरू नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र शाहब आलमले पनि टोलीमा स्थान बनाएका छन् ।


अनिल शाहलाई पनि टोलीमा समावेश गरिएको छ । यस लिग २ को शृंखला नेपालका लागि विश्वकप छनोटको यात्रामा निकै महत्वपूर्ण हुनेछ ।