काठमाडौं – नेपाली युवा विपिन जोशीलाई खोज्ने क्रममा अमेरिका पुगेका उनकी आमा पद्मा जोशी तथा बहिनी पुष्पा जोशी बिहीवार स्वदेश फर्किएका छन् । इजरायल–हमास युद्धका क्रममा हमासले बन्धक बनाएका जोशीको अवस्था पत्ता लगाउन तथा रिहाइका लागि अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्न उनीहरू केही समयअघि अमेरिका पुगेका थिए ।

बिहीवार बिहान कतार एअरवेजको विमानमार्फत नेपाल फर्किएका आमा तथा बहिनीले विपिनको अवस्था अज्ञात रहे पनि अन्तिम समयसम्म हमासले उनी जीवित नरहेको पुष्टि गरेपछि निराशा बोक्नु परेको छ ।


इजरायल र हमासबीच युद्ध विरामको घोषणा भएपछि बन्धकहरूको अवस्था सार्वजनिक हुने क्रममा विपिन जोशी जीवित नभएको जानकारी हमासले दिएको थियो । युद्ध प्रारम्भ भएदेखि नै बेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाउन उनीहरूले अन्तर्राष्ट्रिय पहलको लागि अमेरिका भ्रमण गरेका थिए ।