खाेज्नुहाेस

बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने

Image

नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिएका छन् ।

attariya hospital

अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफुहरुले विरोध गर्ने बताए । उनले अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने धामीले बताएका छन् ।