खाेज्नुहाेस

घरमा आगलागी हुँदा भावनामा चोट पुग्यो, इतिहास खरानी भयो : लेखराज भट्ट

Image

अत्तरिया – नेकपा एमालेका सचिव लेखराज भट्टले घर जल्दा भौतिक भन्दा पनि भावनामा ठुलो चोट पुगेको बताएका छन् । मंगलबार अत्तरिया स्थिति आगलागी भएको घरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै घर जल्दा भावना र इतिहास जलेको बताए ।

‘आगलागीबाट ९/१० करोडको क्षति पुगेको होला । तर, यो क्षति भन्दा पनि मेरो भावनामा ठुलो चोट पुगेको छ । यो घरमा युद्धका इतिहास, किताब बचपनका फोटोहरू थिए । ती सबै नष्ट भए’ उनले भने ‘विश्व मै कहीँ नभएका किताबहरू थिए । ती सबै नष्ट भए । जसको कुनै मूल्य नै छैन ।’

attariya hospital
navjiwan hospital

उनले आफूमाथि निराधार आरोप लगाएर आगजनी गरिएको बताउँदै अहिले पनि कुनै भ्रष्टाचार, उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार भएको बताए ।

उनले आगलागी गराउनका लागि यसै क्षेत्रका मानिस आएको बताए । ‘मैले आगो लगाउन को को आएका छन् चिनेको छु । आगो लगाउने भारतबाट पनि आएका छैनन् । बाहिरबाट पनि आएका छैनन् । यसै क्षेत्रका छन्’ उनले भने ‘अहिले ती मानिसको नाम भनेर केही फाइदा छैन । सरकारले आन्दोलनमा सहभागी भएकालाई कारबाही नै नगर्ने भनेपछि नाम भनेको केही फाइदा छैन ।’ उनले आफ्ना माग पुर गर्न सडकमा आएका र विध्वंस मच्चाउनका लागि सडकमा आएकालाई छुटाएर कारबाही गर्नुपर्ने बताए ।

उनले अहिले देश गम्भीर मोडमा पुगेको बताउँदै देश बच्छ की बच्दैन भन्ने चिन्ता बढेको बताए । उनले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि अहिले राज्य छ वा छैन भन्ने अवस्था पुगेको बताए । उनले राष्ट्रवादी नेतृत्वमाथि प्रहार गर्न खोजिएको भन्दै यो गम्भीर विषय भएको बताए । अहिले संविधान आइसियुमा पुगेको जस्तो अवस्था रहेको उनले बताए ।