खाेज्नुहाेस

अत्तरियास्थित शिवनगर टोलको गल्ली नं. १ मा ४ थान डस्टविन हस्तान्तरण

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ शिवनगर टोल गल्ली नं. १ लाई डस्टविन सहयोग गरिएको छ । नेपालीहरुको महान पर्व दशैँको पुर्वसन्ध्यामा क्लिन अप नेपाल नामक संस्थाले टोललाई ४ थान डस्टविन सहयोग गरेको हो ।

attariya hospital

सामाजिक तथा सृजनशिल कार्य अन्तरगत डस्टविन सहयोग गरिएको संस्थाका परियोजना संयोजक कैलाश विक्रम शाहीले जानकारी दिए । उनले टोलको गल्ली नं. १ मा श्रमदान गरी सृजनशिल गतिविधि अन्तरगत सरसफाई कार्यक्रम समेत गरिएको बताए । आईतबार वडासदस्य डबल बहादुर साउँदले टोलका स्थानियहरुलाई डस्टविन हस्तान्तरण गरेका थिए ।