खाेज्नुहाेस

जेनजीलाई समर्थन छ, तर एमाले छोड्दीन : नगर अध्यक्ष सिँह

Image

अत्तरिया– नेकपा एमालेका गोदावरी नगरकमिटि अध्यक्ष सन्तोष सिँहले जेन जीका मागहरुमा आफ्नो समर्थन भएपनि एमाले नछाड्ने बताएका छन । जेनजीको प्रदर्शनका बिच विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढीरहेका बेला सिँहले भने आफू एमालेमै रहने बताएका हुन ।

navjiwan hospital

उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै आफ्ना नेताहरुको शोषण र अत्याचारको भोगी आफू नहुने बताए । ‘प्रिय् जेन्जी म तपाइहरुको माग र आन्दोलनको सम्मान मात्रै होइन साक्षी पनि छु र मेरो मागमा तपाइहरुको बोली मिल्न मात्र गएको हो’ उनले लेखेका छन् ‘म पुराना दलको नगर अध्यक्ष छु, तर जुन मेरो पार्टिका नेताले गरेको त्यो शोषण र अत्याचार छ त्यसको भोगी म हुन सक्दैन ।’

attariya hospital

उनले जेनजीले पार्टी कार्यालयमा तोडफोड गर्नुलाई आफूले नौलो विषयका रुपमा नलिएको समेत बताएका छन । उनले आफ्नै नेताको कमी कमजोरीका कारणले त्यस्तो हुन गएको बताउदै आफू पनि जेनजीकै मुद्धामा रहेको बताए । उनले बाँकी दिनमा जेनजीका पक्षमा देश र जनताका लागि लाग्ने अठोट समेत व्यक्त गरे ।