धनगढी – कैलालीको धनगढीमा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ । बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन र विरोध सभा गरिएको छ ।

उता सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पनि जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको छ । जिल्ला सदरमुकाम बागबजारमा युवाहरुले प्रदर्शन गरेका हुन् ।














