अत्तरिया – अछाममा प्रहरीले लागू औषधको कारोबार गर्ने युवकलाई पक्राउ गरेको छ । शनिवार राती लागू औषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अछामको साँफेबगर नगरपालिका – ८ बयलपाटा स्थित पिपल चौतारा मध्य पहाडी लोक मार्गमा साँफेबगर नगरापालिका – ४ का २५ वर्षीय समीर कुँवर पक्राउ गरिएको हो ।


उनको साथबाट १४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

















