अत्तरिया – ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपाल’ को टोली बुटवलमा पुगको छ । ‘स्वतन्त्रको एकता महाकाली मेची यात्रा’ अभियानका साथ मंगलबार कञ्चनपुरको गड्डाचौकीबाट हिडेको टोली बुटवलमा पुगेको हो ।

बुधबार बुटवलमा कोष सभाको आयोजना गर्दै अभियानका संयोजक प्रेमराज भट्टका अनुसार यात्राको क्रममा विभिन्न शहरमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, युवामा आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रप्रति जागरण फैलाउने योजना रहेको बताए ।

उनले देशभित्र बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित अभियान सुरु गरिएको बताए । अभियानले धरानमा नगर प्रमुख हर्क साम्पाङसँग भेट गर्ने र श्रमदान कार्यक्रममा सहभागी हुने तयारी पनि गरेको छ ।
संकल्प अभियानले विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वका लागि अघि सार्ने र आम नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ ।


















