खाेज्नुहाेस

गजल

Image

के राख्नु  हिसाब यो क्षणभङ्गुर जिन्दगी को
भर्खर त टुसाउँदै छ अङ्कुर जिन्दगीको।

सुनौलो  यो  यात्रा जुरेछ आज तिम्रै सहर को
एक्कै छिन हिसाब गरौँ  मिलाउँदै सुर जिन्दगीको।

attariya hospital
navjiwan hospital

हतार भो रहरले समाउन  हात हजुरको
कटिएला नि  पक्कै आँटेर उक्ले भिर जिन्दगीको ।

बनी दिउला पापी तिम्रै निम्ति पापै गर्नु परे पनि
उस्तै परे पापै लाई धर्म मान्न मन्जुर जिन्दगीको ।

कति लुटे कति  जुटे यात्रा सङ्गै कति छुटे
बुझेझैँ गर्नुपर्ने बुझी नसकिने घनघोर जिन्दगीको।

दशरथ ओझा 
गोदावरी न पा ०४ वसन्तपुर कैलाली
गजलकार ओझा समैजी मावि गो न पा ०८ मझगाउमा अध्यापन गर्नु हुन्छ।