खाेज्नुहाेस

अछामबाट नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

Image

अत्तरिया– अछामबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका– ५ बस्ने राकेश साउँद र साफेँबगर नगरपालिका– ४ एयरपोर्ट बजारमा होटल सञ्चालन गरिरहेका ३० वर्षिय कृष्ण बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्लाकै साँफेबगर नगरपालिका– ८ वयलपाटा स्थित से.७ प ८२८० नम्बरको मोटरसाईकल चालक साउँदको साथबाट ६० ट्याब्लेट Pregabalin र २६ ट्याब्लेट Tramowell फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुुसार उक्त नियन्त्रित ट्याब्लेट पश्चात साउँदलाई सोधपुछ गर्दा उनले न्यू बुढा होटलमा लागूऔाषध कारोबार भईरहेको जानकारी दिएका थिए ।

attariya hospital

त्यसपश्चात प्रहरीले कृष्ण बुढाले सञ्चालन गरेको सो होटलमा खानतलासी गर्दा काठको बाकसभित्र लुकाई राखेको अवस्थामा ३६ ट्याब्लेट Tramowell, २० ट्याब्लेट Nemadol, ३५ ट्याब्लेट Pregabalin, ६९ ट्याब्लेट Lospas, २० ट्याब्लेट Duloxit, २० ट्याब्लेट Azithromycin, ५ ट्याब्लेट Cetixime र ५ ट्याब्लेट Diclofenacsodium नाम गरेका नियन्त्रित लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित दुवै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।