खाेज्नुहाेस

अछाममा चिप्लिएर खोलामा खसेकी बालिकाको मृत्यु

Image

अछाम – अछाममा चिप्लिएर खोलामा खसेर बालिकाको मृत्यु भएको छ ।बुधबार दिउँसो मेल्लेख गाउँपालिका – ४ को सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीय छोरी कृति साउँदको खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

उनी साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधि उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।

attariya hospital

खोलामा बगेर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।