खाेज्नुहाेस

बाजुरामा बाढीले २ घर बगायो

Image

बाजुरा – बाजुराको हिमाली गाउँपालिका – १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । बुधबार साँझ आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।

navjiwan hospital

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका – १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।

add everest academy
attariya hospital

बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका छन । गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले वडा नम्बर १ सहित वडा नम्बर  ५ मा पनि बाढीले क्षती पु-याएको बताए । ‘सम्बन्धित ठाउँमा फोन सम्पर्क भइरहेको छैन’ उनले भने ‘वडा नम्बर १ मा पनि ठूलो क्षति पु-याएको सुन्नमा आएको छ । २,३ घर बाढिले बगाएको छ ।’

विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।